इन्जिनियरिङ बीमा क्षेत्रको सुधारका लागि नेपाल निर्माण व्यवसायी महासंघका सुझावहरू

  • बिहीबार १८ भौ २०८३ ०५:३६ PM
भदौ १८, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विहिवार समग्र बीमा क्षेत्रको सुधारका लागि गठित सुझाव समिति समक्ष इन्जिनियरिङ बीमा क्षेत्रको सुधारका लागि आवश्यक सुझावहरू पेश गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ नेतृत्वको प्रतिनिधिमण्डलले समितिका संयोजक सुशील कुमार ओझा समक्ष इन्जिनियरिङ बीमा क्षेत्रको सुधारका लागि आवश्यक सुझावहरू पेश गरेको हो । महासंघले पेश गरेका सुझावहरूमा पुर्नबीमा बजारमा प्रतिस्पर्धा, ट्यारिफ तथा नन ट्यारिफ, डिएलपी, कार पोलिसी तथा कन्ट्रयाक्ट डकुमेण्ट, क्लेम सेटलमेन्ट, इओटी, निर्माण उपकरण तथा मेसिनरी इन्सुरेन्स, नियामक निकायबाट मात्रै बीमा सर्भेयर नियुक्त गर्नुपर्ने लगायतका रहेका छन् । महासंघ प्रतिनिधिमण्डलमा महासंघका उपमहासचिवद्धय मंगलबहादुर शाही र सन्तोष शाह तथा कार्य समिति सदस्य सन्तोष कटुवाल पनि रहनु भएको थियो ।