ओमसतियाद्वारा बाढी प्रभावितका लागि रु २४ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०४:५७ PM
भैरहवा । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले रु २४ लाख १७ हजार ९०० सहयोग गरेको छ ।  गाउँपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी एवं सामुदायिक विद्यालयका शिक्षकको पारिश्रमिकबाट सङ्कलन भएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष मञ्जित यादवले जानकारी दिए ।   यसैबीच, ओमसतिया गाउँपालिकाले रसुवा बाढीबाट ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।