काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा उनीहरूका परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालको विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार बैंकका कर्मचारी, परिवारजन तथा डेबिट र क्रेडिट कार्डबाहकले अस्पतालको बाह्यरंग सेवा (ओपीडी) अन्तर्गत सबै परामर्श सेवा तथा प्रयोगशाला र रेडियोलोजी जाँचमा प्रचलित दरमा १५ प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, अन्तरंग सेवा (आईपीडी) अन्तर्गत कोठा भाडा तथा प्रयोगशाला र रेडियोलोजी जाँचमा समेत अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुट उपलब्ध ... The post प्रभु बैंकका कर्मचारी र कार्डबाहकलाई भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट appeared first on Kalika Khabar.