पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखरा महानगरपालिका–९ स्थित दुई विद्यालयका क्यान्टिनमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अनुगमन गरी आवश्यक सुधारका लागि निर्देशन दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम भदौ १६ गते गरिएको अनुगमनका क्रममा नवप्रभात माध्यमिक विद्यालय क्यान्टिन र महेन्द्र माध्यमिक विद्यालय क्यान्टिनमा सरसफाइ तथा खाद्य व्यवस्थापनसम्बन्धी विभिन्न कमजोरी भेटिएको कार्यालयले जनाएको छ। नवप्रभात माध्यमिक विद्यालय क्यान्टिनमा फ्राइङ तेलको टीपीएम भ्यालु १८ रहेको र मापदण्डअनुकूल पाइए पनि भान्साको सरसफाइ सन्तोषजनक नरहेको अनुगमनबाट देखिएको छ। त्यस्तै, पकाउनुपर्ने खानेकुरामा कृत्रिम खाद्य रंग प्रयोग गरिएको, फोहोरदानी खुला राखिएको तथा ... The post पोखराका दुई विद्यालय क्यान्टिनमा खाद्य स्वच्छता अनुगमन, सुधार गर्न निर्देशन appeared first on Kalika Khabar.