त्रिशुली बाढीमा बाँचेका भिमसेनको आङै सिरिङ्ग हुने कथा

  • बिहीबार १८ भौ २०८३ १०:२४ AM
काठमाण्डु–रसुवा कालिका गाउँपालिकाका भिमसेन अधिकारी (ओमप्रसाद) मैलुङस्थित निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना नजिकै होटल (खाजा पसल) चलाउँथे । १० भदौको बिनाशकारी बाढी आउँदा भिमसेन काममै थिए । बिहान ८ बजेर ५५ मिनेट जाँदा एक गाडी चालकले फोन गरेर त्रिशुलीमा भिषण बाढी आएको र स्याफ्रुबेसी बजार बगाएको सूचना दिए । ती चालकले