काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले निर्माणाधीन जलविद्युत आयोजनाको टनेल तथा सुरुङमाा फसेका नागरिकको सरकारले उद्धार गर्न सक्ने हो कि होइन ?