काठमाडौं । सरकारले विदेशमा स्थापना भई अन्तर्राष्ट्रिय रूपमा भुक्तानी कारोबार गर्दै आएका कम्पनीलाई नेपालमा सेवा सञ्चालन गर्न दिने गरी कानुनी व्यवस्था अघि बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ मा विदेशी भुक्तानी कम्पनीलाई नेपालमा कारोबार गर्न अनुमति दिने प्रस्ताव गरिएको हो ।