काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च र घाइते भए निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । उद्धारका क्रममा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशी बाढी प्रभावित