भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व लक्षित खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति बन्द भएको छ । त्यस्तै तराईसँग काठमाडौं जोडने मुख्य राजमार्ग समेत प्रभावित हुँदा काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका जिल्लाहरुमा खाद्यन्न संकट तथा मूल्यबृद्धि हुने संकेतहरु देखिएका छन् ।