बाढीपीडित क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरु)

  • बिहीबार १८ भौ २०८३ ०९:४९ AM
नुवाकोट । नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विदुर नगरपालिका–५, पीपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा सञ्चालन गरिएको शिविरमा केएमसीका वरिष्ठ चिकित्सकको टोलीले बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो