काठमाडौं । नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नुपरेको बताएकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले बाढीमा सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेका नागरिकले समेत उचित राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । नागरिकभन्दा