प्रतिनिधि सभा बैठकमै ढले सांसद भरत खड्का, वीर अस्पताल लगियो

  • बिहीबार १८ भौ २०८३ ०९:२१ AM
काठमाडौं । प्रतिनिधि सभा बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरत खड्का एकाएक ढलेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफ्नै कुर्सीबाट ढलेका हुन् । उनी ढलेपछि संसद् सचिवालयको स्वास्थ्य इकाइमा लगेर सामान्य उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई एम्बुलेन्समार्फत वीर