प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्राकृतिक प्रकोपबाट पूर्वाधार क्षेत्रमा परेको असरबारे बसेको समितिको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा सांसद बासना थापाले विपद्को सुरुवाती दुई दिन सरकारले उद्धार तथा राहतमा सक्दो काम गरे पनि त्यसपछि पूर्वयोजनासहित अघि बढ्न