आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

  • बिहीबार १८ भौ २०८३ ०८:५१ AM
हेटौँडा । ‘बाढी आइरहेको छ, हेर त ।’ रातभरको काम सकेर कोठामा फर्किनुभएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो । रसुवामा साढे दुई वर्षदेखि काम गर्दै आउनुभएका राजेन्द्रलाई त्यहाँको खोलाको सामान्य अवस्था थाहा थियो । त्यस बिहान