काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले रसुवा बाढी प्रभावितलाई सहयोग जुटाउन विशेष कलाकृति प्रदर्शनी गर्ने भएको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, पुनस्र्थापना तथा मानवीय सहयोगमा योगदान पुर्याउन प्रतिष्ठानले आगामी असोज १४ देखि २८ गतेसम्म विशेष कलाकृति प्रदर्शनी आयोजना गर्न लागेको प्रतिष्ठानले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रदर्शनीमा बिक्री भएका कलाकृतिबाट