हाइड्रो पावरका इन्जिनियरले खोले लाङटाङको सुरुङ, २ जनाको शव भेटियो

  • बिहीबार १८ भौ २०८३ ०८:४० AM
धुन्चे– गत बुधबार त्रिशुलीमा आएको बिनासकारी बाढीले पुरिएको रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट हराइरहेकामध्ये दुई जनाको शव निकालिएको छ । आयोजनाका प्राविधिकले पेन्स्टक पाइप काटेर बाटो बनाएपछि नेपाली सेनाको टोलीले बिहीबार बिहान २ जनाको शव बाहिर निकालेको हो । २० मेगावाटको उक्त आयोजनाको सुरुङमा फसेका ६० कामदारमध्ये यसअघि १९ जनाको सकुशल उद्धार भएको थियो