विपद प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई सामान प्रदान 

  • बिहीबार १८ भौ २०८३ ०१:४० PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रसुवा भोटेकोशी बाढी प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई खोज तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरेको छ । राष्ट्रिय सभा गृहमा रहेको महानगर आपतकालीन कार्य सञ्चालन केन्द्रमा मौज्दात रहेका सामानमध्ये घटना स्थलमा तत्काल आवश्यक रहेका सामग्री प्रदान गरिएको हो । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, महानगर स्काउटका स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिंखडालाई सामान प्रदान गर्दै काठमाडौँ स्काउटले बाढीग्रस्त क्षेत्रको सामाजिक व्यवस्थापनमा प्रशंसनीय काम गरेको बताउनुभयो ।  प्रदान गरिएका सामग्रीहरुमा करौँती, हेल्मेट, पिक, सावेल, पञ्जा, भर्‍याङ्, स्टेचर, हम्बर, लङ् बुट, डोरीलगायत सामान छन् ।  खोज, उद्धार तथा राहत वितरणमा महानगर स्काउटले नेपाल स्काउटसँग सहकार्य गर्दै अग्रपङ्तिमा रहेर काम गरिरहेको छ ।