राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाबाट विपद प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श केन्द्र’

  • बिहीबार १८ भौ २०८३ ०२:५६ PM
काठमाडौँ । रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ । चिन्ता, तनाव, दुःख तथा अन्य विभिन्न मनोसामाजिक समस्याहरूको सामना गरिरहेका नागरिक लक्षित केन्द्रमा मनोविदहरुले मनोसामाजिक परामर्श प्रदान तथा सहयोग गर्नुहुनेछ ।  यो केन्द्र महानगरपालिकाको स्वास्थ्य विभागले मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने संघसंस्थाहरुसँगको सहकार्यमा सेवा प्रारम्भ गरेको हो ।  केन्द्रमा प्रभावित व्यक्तिहरूले आफ्ना अनुभव, भावना तथा चिन्ता व्यक्त गर्न सक्ने सुरक्षित र सहयोगी वातावरण मिलाइएको छ । यसरी व्यक्त भएका भावनाबाट मनोवैज्ञानिक प्राथमिक उपचार उपलब्ध गराउनु केन्द्र सञ्चालनको मुख्य उद्देश्य रहेको विभागका प्रमुख दिपककुमार के