काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न चौधरी फाउन्डेसनले ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग तथा छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । फाउन्डेसनले विपत्तिका कारण आर्थिक तथा पारिवारिक संकटमा परेका बालबालिकाको पढाइ प्रभावित हुन नदिन तत्काल राहतसँगै दीर्घकालीन पुनस्र्थापना र शिक्षामा सहयोग गर्ने योजना अघि सारेको हो