काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिको खोज तथा उद्धार, उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको छ । भेटमा बाढीबाट प्रभावित पूर्वाधारलाई कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने विषयमा समेत कुराकानी भएको बताइएको