लाङटाङ जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो दुई शव

  • बिहीबार १८ भौ २०८३ ०७:२६ AM
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको तथा उद्धारको प्रतीक्षा सुरु भएको आठौँ दिनमा सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजीका क्रममा दुई शव फेला परेको हो। सोमबार सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटो हुँदै भित्र प्रवेश गर्ने प्रयास गरेको थियो।