प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माण र पुनःस्थापनाको काम तीव्र पार्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति आशिष गजुरेलले बाढी प्रभावित क्षेत्रमा अझै मानिसहरू फसेर बसेको विवरण