बाँके । धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ । यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गरेका बाँकेका किसानले धानखेतीका लागि आवश्यक परेका बेला मल नपाउँदा उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन् । खजुरा–२ सीतापुरका किसान भद्रप्रसाद देवकोटाले रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भएको