सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’

  • बिहीबार १८ भौ २०८३ ०६:४५ AM
काठमाडौं । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको राससलाई जानकारी दिए । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत्