कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

  • बिहीबार १८ भौ २०८३ ०६:४४ AM
धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति