देउवा पक्षले महाधिवेशनको तयारी गरेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

  • बिहीबार १८ भौ २०८३ ०६:०३ AM
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिरमा समानान्तर महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी गरिरहेका बेला अनुशासन समितिको बैठक बोलाइएको हो ।