भोटेकोशी–त्रिशूली बाढीपछि उत्पन्न विपद् व्यवस्थापन तथा विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा फसेका तथा बेपत्ता कामदारको खोजी र उद्धारका लागि अमेरिकाले नेपाललाई विशेष उपकरणसहितको थप सहायता उपलब्ध गराएको छ। नेपाल सरकारको अनुरोधअनुसार अमेरिकाले बुधबार दुईवटा सैन्य कार्गो विमानमार्फत काठमाडौंमा उद्धार तथा विपद् व्यवस्थापनका सामग्री ल्याएको अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार पठाइएका सामग्रीमा पाँच हजार थान विशेष