काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौंडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ । मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर जारी रहने जनाएको छ । नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको निरन्तर समन्वयका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुने मन्त्रालयको दाबी छ । मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा आम उपभोक्ताको दैनिक जीवन थप प्रभावित नहोस् भन्ने उद्देश्यले ग्यास आपूर्तिलाई सहज, नियमित र ... The post पृथ्वी राजमार्ग बन्द भएपछि हेटौंडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी appeared first on Kalika Khabar.