काठमाडौं । रसुवा बाढीमा परेर दिवंगत भएका प्रहरी कर्मचारीको परिवारलाई नेपाल प्रहरीले विशेष राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल प्रहरीले दिवंगत प्रहरी कर्मचारीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। साथै, नेपाल प्रहरी कल्याण कोषबाट लिइएको विशेष सापटी ऋण रकमसमेत मिनाहा गर्ने निर्णय गरिएको छ। त्यस्तै, दिवंगत प्रहरी कर्मचारीका छोराछोरीलाई पायक पर्ने नेपाल प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म निःशुल्क अध्ययन गराउने व्यवस्था मिलाइने भएको छ। उनीहरूलाई उच्च शिक्षासम्म अध्ययनको अवसर प्रदान गर्न नेपाल प्रहरी आवासीय विद्यालय, साँगा काभ्रेमा निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय पनि नेपाल प्रहरीले गरेको ... The post रसुवा बाढीमा दिवंगत प्रहरीका परिवारलाई १० लाख सहयोग, ऋण मिनाहा र छोराछोरीलाई निःशुल्क शिक्षा appeared first on Kalika Khabar.