चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

  • बिहीबार १८ भौ २०८३ ०४:३७ AM
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन् । स्थानीय रामविनय यादवकी १० वर्षीया छोरी चाँदकुमारी यादवको शव धनकौल–४ स्थित मनुष्मारा खोलामा फेला परेको हो । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीका अनुसार गत आइतबारदेखि बेपत्ता बालिकालाई परिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बुधबार साँझ खोलामा मृत फेला पारेका हुन् । बालिकाको नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला appeared first on Kalika Khabar.