काठमाण्डु – एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ। बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको खेलमा मलेसियाले नेपालविरुद्ध १०३ रन बनाउँदै सामान्य लक्ष्य दिएको हो। टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। मलेसियालाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका अनुभवी बलर करण केसीले उत्कृष्ट बलिङ गरे। उनले