काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो पदबाट राजीनामा दिएका छन् । निरौलाले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन् । निरौलाको राजीनामापछि कम्पनीको अध्यक्ष पद रिक्त भएको छ । नयाँ अध्यक्ष चयनका लागि सञ्चालक समितिले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।