व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ । कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा उपाय ल्याएको जनाएको छ । नयाँ अपडेटअन्तर्गत अब प्रयोगकर्ताले दुई–चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड राख्न सक्नेछन्