बाढीमा ज्यान गुमाएका जवान कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा श्रद्धाञ्जली अर्पण

  • बिहीबार १८ भौ २०८३ ०४:४३ AM
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले श्रद्धाञ्जली अर्पण गरेका छन्। महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदी पुगेर स्वर्गीय कुँवरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। त्यसक्रममा उनले कुँवरका परिवारजनसँग भेटघाट गरी समवेदना तथा सहानुभूति व्यक्त गरेका छन्। साथै, बाढीमा परी बेपत्ता