प्रधानमन्त्रीले झुट बोलेकोमा आहुतिको प्रश्न- ज्ञान नै कम होला, तर कम ज्ञान मतलब झुट बोल्ने? 

  • बिहीबार १८ भौ २०८३ ०९:१५ AM
काठमाडौं । लेखक, राजनीतिक विश्लेषक तथा वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिले सुरुङ उद्धारका क्रममा लेदो पसेको स्थानमा उद्धारका लागि संसारभर नै प्रविधि नभएको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत आहुतिले प्रधानमन्त्रीले झुट बोलेको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्रीको ज्ञान कम हुन सक्ने भए पनि ज्ञानको कमीलाई झुट बोल्ने विषयसँग जोड्न नहुने टिप्पणी गरेका छन्। ‘प्रधानमन्त्री जी! झुट त बोल्नु भो तर झुट त झुट हो,’ आहुतिले लेखेका छन्, ‘सुरुङ उद्धारको अर्थात् लेदो पसेको ठाउँको उद्धारबारे संसारभरि प्रविधि नभएको झुट!’ आहुतिले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य गर्दै कम ज्ञान हुनु र झुट बोल्नु फरक विषय भएको बताएका छन्। उनले लेखेका छन्, ‘ज्ञान नै कम होला, तर कम ज्ञान मतलब झुट बोल्ने