प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट

  • बिहीबार १८ भौ २०८३ ०४:०४ AM
सुनसरी । नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला रु भन्ने सोचले पिरोल्थ्यो । उमेर थियो, जोस बाँकी थियो । केही न केही त गर्नैपर्छ भन्ने लाग्थ्यो । विदेश जान मन थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र धेरैका लागि उदाहरण बन्ने लक्ष्यका साथ सुरु गरेको कृषिले आज अर्जुन विष्टलाई नयाँ परिचय दिएको छ