रास्वपाको सचिवालय बैठक बस्दै

  • बिहीबार १८ भौ २०८३ ०१:५५ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बिहीबार बस्दैछ । सभापति रवि लामिछानेको आह्वानमा बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाण्डुमा बस्नेछ । बैठकमा पार्टीका समसामयिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुनेछ ।