बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा मोबाइलको स्क्रिनमा आँखा डुलाइरहने सरिताको घरमा एक सातादेखि चुल्हो बलेको छैन भने परिवारका कसैका आँखा ओभाएका छैनन्। अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन छन्। ‘बाबुले आमा ठिकै छु भनेर फोन गरिहाल्छ कि भन्ने आशाले एकछिन पनि मोबाइल छाडेकी छैन,’ सरिता