प्रभु बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड ११ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०१:५३ AM
प्रभु बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। उक्त रकम बराबरको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो।