विपद् प्रभावित होटल तथा पर्यटन व्यवसायको पुनरुत्थानका लागि होटल व्यवसायी महासंघको ११ बुँदे माग

  • बुधबार १७ भौ २०८३ ०५:३६ PM
काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनर्स्थापना, पुनरुत्थान तथा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी महासंघ, नेपाल (एचपीएफएन) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष टी. आर. भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रत्यक्ष भेट गरी प्रभावित क्षेत्रका व्यवसायीहरूको वास्तविक अवस्था, उनीहरूले भोगिरहेको आर्थिक तथा भौतिक संकट तथा राज्यबाट आवश्यक तत्कालीन सहयोगका विषयमा ध्यानाकर्षण गराएको हो। प्रतिनिधिमण्डलमा महासंघका केन्द्रीय तथा बागमती प्रदेशका प्रतिनिधि, सम्बन्धित क्षेत्रका होटल व्यवसायी तथा प्रत्यक्ष रूपमा ... The post विपद् प्रभावित होटल तथा पर्यटन व्यवसायको पुनरुत्थानका लागि होटल व्यवसायी महासंघको ११ बुँदे माग appeared first on Kalika Khabar.