भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६२ लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ०६:१४ PM
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ भने कम्पनीमा कार्यरत कर्मचारीहरूले एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। भदौ १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो ... The post भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६२ लाख सहयोग appeared first on Kalika Khabar.