काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो । बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि १–१ करोड र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो