झापाको बिर्तामोडमा ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरी छापा, ४१ जना पक्राउ

  • बुधबार १७ भौ २०८३ ०३:४६ PM
झापा : बिर्तामोडमा नेटवर्किङ व्यवसायका नाममा सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी सेवा तथा औषधी बिक्री गर्दै आएको आरोप लागेको ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीले छापा मारेको छ। प्रहरीले कार्यालयबाट ४१ जनालाई नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा