बाढी प्रभावित विदेशी पर्यटकका परिवारलाई निःशुल्क भिसा दिन सांसदहरूको माग

  • बुधबार १७ भौ २०८३ ०३:५० PM
काठमाडौं । रसुवा बाढीमा परी सम्पर्कविहीन भएका तथा ज्यान गुमाएका विदेशी पर्यटकका परिवारलाई नेपालमा आउन र बस्न निशुल्क व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सरकारसँग उक्त माग गरेका हुन् । सांसदहरुले उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्दै प्रभावित पर्यटकका परिवारलाई सहज सूचना दिन तथा आवश्यक सेवा