भोटेकोशी बाढीपीडितका लागि अर्घाखाँचीको  शितगंगा नगरपालिकाले ३३ लाख ५२ हजार सहयोग गर्ने

  • बुधबार १७ भौ २०८३ ०७:४३ PM
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि अर्घाखाँचीको शितगंगा नगरपालिकाले ३३ लाख ५२ हजार २८१ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको नगर प्रवक्ता दामोदर न्यौपानेले जानकारी दिए । नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।  नगरपालिकाको यो सहयोगले विपद्मा परेका नागरिकलाई राहत प्रदान गर्न केही हदसम्म मद्दत पुग्ने अपेक्षा गरिएको नगर प्रमुख छविलाल पौडेलले बताएका छन् । विपद्मा नगरपालिकाले सहयोग सर्वसम्मतले गरेको वडा न ९ का अध्यक्ष भिम बहादुर केसीले बताए ।