नेपाल प्रहरीले रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो रकम प्रहरी कर्मचारीहरूबाट संकलन गरिएको राहत कोषबाट प्रदान गरिनेछ । प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा