काठमाडौँ। दलित महिला संघ (फेडो)ले बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख १४ हजार ५५ रुपैयाँ सहयोग सहयोग गरेको छ। राष्ट्रिय विपद्को घडीमा प्रभावित नागरिकको खोज तथा उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै फेडोले कोषमा दुई लाख १४ हजार ५५ रुपैयाँ सहयोग गरेको हो। फेडोकी अध्यक्ष कला स्वर्णकारले संस्थाको कार्यसमिति र कर्मचारीहरूबाट स्वेच्छिकरुपमा संकलन गरी संस्थागतरुपमा एकमुष्ट २ लाख १४ हजार ५५ रुपैयाँ सहयोग पठाइएको बताइन्। 'आगामी दिनमा सरकारसँग समन्वय गरी विपद्बाट प्रभावित परिवारका लागि आवश्यक राहत वितरण तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्न हामी प्रतिबद्ध छौँ,' उनले भनेकी छन्।