रुकुम पश्चिम। नेपाल पत्रकार रुकुम पश्चिमका सल्लाहकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रबिर ददेललाई ‘सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार, २०८३’ प्रदान गरिएको छ । सहिद गणेश शाहको ३२ औँ स्मृति दिवसको अवसरमा बुधबार चौरजहारी नगरपालिका– ११ मा खाेलागाउँमा आयोजित स्मृति सभामा उहाँलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । मुसीकोट नगरपालिका –१३ निवासी प्रबिर ददेल रुकुम पश्चिमबाट नियमित प्रकाशनमा रहेको रेखदेख साप्ताहिक तथा रेखदेख डटकमका प्रकाशक सम्पादक हुन्। उनले पत्रकारीता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्र सुदृढीकरण, भष्ट्रचार निवारणका साथै सुशासन क्षेत्रमा कमल चलाइरहेका छन्। रुकुमको पत्रकारिता क्षेत्र लागेर ग्रामिण समस्याको उजागार गर्नुका साथै राज्यलाई शसक्त खबरदारी गरेको भन्दै प्रत्रकार ददेललाई नगद पुरस्कार सहित खादा ओढाएर सम्मान गरिएको हो । रुकुम पश्चिमको शिक्षा, स्वास्थ्य, बिकास निर्माण र सामाजिक विषयवस्तुका क्षेत्रमा कलम चलाएका ददेलले मुलधारका सञ्चारमाध्यमा खोजी रिपोर्टिङमा दखल राख्छन्। मोफसलमा रहेर २ दशक बढी पत्रकारिता गरेका प्रबिर ददेल आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका छन्। स्मृति सभाको अवसरमा उहाँलाई सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह, नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य रिपबहादुर ओली नेपली काँग्रेस रुकुमपश्चिमका उपसभापति हर्कसिंह खत्री, सचिव परमेश्वर भण्डारी,नेपाली काँग्रेस नेता तथा प्रतिनिधि सभा निर्वाचन २०८२ का उम्मेदवार राजु केसी, महाधिबेशन प्रतिनिधि नन्दबहादुर बिष्ट, नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति भद्र बिष्ट, नेपाल महिला संघ रुकुम पश्चिम कि काबा अध्यक्ष निर्मला आचार्य नेपाल तरुण दल रुकुमका अध्यक्ष लाेकन्द्र केसी चौरजहारी नगर सभापति प्रेमबहादुर ओली लगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। दिवसकै अवसरमा चौरजहारीमा रहेको मिसन अस्पताल र चौरजहारी नगर अस्पताल खोलागाउँका २२५ जना बिरामीहरूलाई फलफूल वितरण, हाजिरी जवाफ, हिसाब दौड प्रतियोगिता सञ्चालन गरिएको नेपाली काँग्रेस चौरजहारी नगरपालिका ११ का वडा सभापति खिम बहादुर ओलीले जानकारी दिए। २०५१ साल भदौ १७ गतेका दिन सानीभेरी गाउँपालिका ९ (तत्कालीन सिम्ली गाविसको सुलिहाले) मा शाहको हत्या भएको थियो । खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहेको बेला तत्कालिन बिद्रोही पक्ष तत्कालिन नेकपा माओवादीले उनको हत्या गरेका थिए । शाहका श्रीमती सहित ३ छोरा २ छोरी रहेका छन् । हरेक वर्ष भदौ १७ गते सहिद गणेश शाहको स्मृति दिवश मनाउँदै आएको छ।