काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे सुनसान बनेको छ । सञ्चारविच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि हाल प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल सक्रिय रहेको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीले सो क्षेत्रका सबै बस्ती बगाएपछि २ हजार १०० भन्दा बढी व्यक्तिहरू पूर्णरूपमा