भोटेकोशी बाढीमा दिवंगत प्रहरी कर्मचारीका परिवारलाई १० लाख राहत दिने निर्णय

  • बुधबार १७ भौ २०८३ ०१:०५ PM
काठमाण्डु – रसुवा भोटकोशी, त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रतिव्यक्ति १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा राहत दिनेबारे निर्णय गरिएको